+

अनुहारको चाउरीपनलाई कसरी सन्तुलनमा राख्ने ?

२०८१ वैशाख  २६ गते ११:२२ २०८१ वैशाख २६ गते ११:२२
अनुहारको चाउरीपनलाई कसरी सन्तुलनमा राख्ने ?

जति जति उमेर ढल्किंदै जान्छ, उति उति अनुहारको छाला फिका र फुस्रो हुँदै जान्छ । चाउरीपन देखिन थाल्छ । उमेरसँगै छालाका विभिन्न तन्तुहरू मासिंदै जान्छन् । छालाको भित्री तहमा रहेको बोसोको तह पनि सुक्दै जान्छ ।

छालाको तल्लो तहमा ‘कोलाजेन’ र ‘इलास्टिन’ भन्ने तत्त्व हुन्छ । यी तत्त्वले छालालाई तन्किन सहयोग गर्छ । उमेरसँगै त्यो पनि घट्दै जान्छ, जसले गर्दा उमेर ढल्किंदै गएपछि अनुहारमा चाउरी देखा पर्छ । बुढ्यौलीसँगै छालालाई जवान बनाइराख्ने अक्सिडेन्ट र पानीको मात्रा कम भई छाला पातलो हुँदै जान्छ र  चाउरी पर्छ ।

उमेर बढ्दै गएपछि छालामा हुने कोलाजेन प्रोटिन कम हुँदै जान्छ । कोलाजेन फाइबरबाट बनेको प्रोटिन हो । कोलाजेन बनाउने एमिनो एसिडमा ग्लाइसिन, प्रोलाइन, हाइड्रोक्सीप्रोलिन र आर्जिनिन समावेश हुन्छन् । कोलाजेनले छालाको बीचको तहमा कोषिकाहरुको रेसादार नेटवर्क बनाउँछ र यस नेटवर्कमा नयाँ कोषिकाहरु विकसित हुन्छन् । तर उमेरसँगै कोलाजेन उत्पादन घट्दै जाँदा छालाले यसको संरचना गुमाउँछ र चाउरी पर्न थाल्छ ।

छाला चाउरी पर्ने अन्य कारण

घाममा हुने विभिन्न किरणमध्ये अल्ट्राभायोलेट किरणले प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट छालालाई हानि गर्छ । अल्ट्राभायोलेट–ए र अल्ट्राभायोलेट–बी किरणका कारण चाउरी पर्ने हुन्छ । अल्ट्राभायोलेट–एले छालाको दोस्रो पत्रलाई पातलो बनाउँछ । साथै लामो समयसम्म घाममा बसिरहँदा छालामा रहेको पानी र प्रोटिनलाई सुकाउँछ र छाला चाउरी पर्न सक्छ ।

सुर्ती, धुम्रपान र मदिरा सेवनले पनि छालालाई असर गर्छ । यी चीजले कोलाजेन उत्पादनमा बाधा पुर्‍याउने भएकाले कम उमेरमै अनुहारमा चाउरी पर्न जान्छ ।

जब छाला सुक्खा हुन्छ, छालाका कोषिकाहरु खुम्चिन्छन् । यसले अनुहारमा चाउरीपन ल्याउनुका साथै अनुहारको प्रायः खुम्चिरहने भागमा धर्साहरू बढाउँछ । जसकारण समय भन्दा पहिले बुढ्यौली देखिन सक्छ ।

छाला प्रदूषणको सम्पर्कमा आएपछि छालामा अक्सिडेटिभ तनाव बढाउँछ । जसकारण अनुहारमा बुढ्यौलीका लक्षणहरू देखिन सक्छन् । वास्तवमा प्रदूषणका कणहरूले इलास्टिन र कोलाजेनलाई क्षति पुर्‍याउँछ, यसले चाउरीपन हुनसक्छ ।

तनावमा रहँदा कोर्टिसोल हार्मोनको स्तर बढ्छ, जसले कोलाजेन जस्ता प्रोटिनको स्तर घटाउँछ र तनावमा रहँदा छाला चाउरिन थाल्छ ।

चाउरीपन रोक्न सकिन्छ ?

उमेरसँगै आएको चाउरीपनलाई पूर्णरूपले हटाउन सकिंदैन । तर सन्तुलनमा राख्न केही उपचार विधि अपनाउन सकिन्छ ।

चाउरीपनको समस्या कम गर्न छालाको हेरचाह गर्नुपर्ने हुन्छ । छालाको प्रकारअनुसारको फेसवास, सेरम र मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । घामको पराबैजनी किरणको कारणले पनि उमेरभन्दा अगावै चाउरीपनको समस्या देखिने भएकाले घामबाट बच्न सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । एसपीएफ ३०, ४० र ५० भएको र यूभीए, यूभीबी भएको सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

उमेरभन्दा पहिले देखापर्ने चाउरीपनलाई रोक्न अहिले नयाँ प्रवृत्ति बोटोक्स पनि आएको छ । यो सुईको माध्यमबाट उपचार गर्ने पद्धति हो ।

बोटोक्स एक औषधि हो, जसले छालालाई जवान राख्न मद्दत गर्छ । बोटुलिनम इन्जेक्सन अनुहारको चाउरी परेको भागमा दिइन्छ, जसले अनुहारको मांसपेशीलाई आराम दिन्छ । यो सम्पूर्ण प्रक्रियालाई बोटोक्स उपचार भनिन्छ । यो उपचार गरेपछि चारदेखि ६ महिनासम्म यसको प्रभाव छालमा रहन्छ ।

चाउरीपन हटाउन गरिने बोटोक्सको खर्च प्रतियुनिट ६०० रुपैयाँ पर्छ । चाउरी कति परेको त्यसअनुसार २०, ३० र ४० युनिट लाग्न सक्छ र खर्च पनि बढ्दै जान्छ ।

छाला चाउरीपन डा. अनिलकुमार भट्ट सौन्दर्य
डा. अनिलकुमार भट्ट
लेखक
डा. अनिलकुमार भट्ट
छाला तथा यौनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९४८० अध्ययन : एमबीबीएस, डीआईडीडीएस, एमडी, पीएचडी डर्म डाइनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक ललितपुर कुमारीपाटी र धनगढीका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?