पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ पोखरा रंगशाला स्थित गण्डकी प्रदेश खेलकुद परिषद्को कार्यालयमा सम्पन्न भएको छ ।
भेलाले ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्ष राजकुमार घिमिरे, उपाध्यक्षमा बुद्धि पुन, सचिवमा सूर्यबहादुर खड्का , कोषाध्यक्षमा भरत तिमिल्सिना, सदस्यहरुमा सुनिल भुर्तेल, दयाराम अधिकारी, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंह रहेका छन् ।
भेलाले स्केट खेलको इतिहास, वर्तमान र आगामी भविस्यसहित छलफल गरेर यो खेलको विकास, प्रचारप्रसार, प्रवर्द्धन र मर्यादित बनाउने प्रतिबद्धता गरेको छ ।
प्रतिक्रिया 4