+
+

११ जेठमा प्रदेशसभा अधिवेशन बोलाउन कोशीका प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले फेरि पठाए पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १३:४२
प्रदेश प्रमुखलाई पत्र बुझाउँदै कोशीका मन्त्रीहरु ।

२६ वैशाख, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई पुनः पत्र पठाएका छन् ।

यसअघि गत २६ चैतको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको पाचौं अधिवेशन आगामी ११ जेठमा बोलाउने निर्णय गरी पत्र पठाएकामा हालसम्म नबोलाइएको भन्दै मुख्यमन्त्री कार्कीले बुधबार पुनः अर्को पत्र पठाएका हुन् ।

बुधबार बसेको कोशी मन्त्रिपरिषद बैठकले ११ जेठमा अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रिबजेट छलफल लगायत महत्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउने मन्त्रिपरिषदको निर्णय भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई पत्र पठाएका हुन् ।

मुख्यमन्त्रीको पत्र लिएर मन्त्रीहरु शमशेर राई, कमल जबेगु, प्रदीप सुनुवारलगायत मन्त्रीहरु प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

हेर्नुहोस् मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई लेखेको पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?