
काठमाडौं । नेपालमा भियतनामी पर्यटक आगमन वृद्धि गर्ने विषयमा छलफल भएको छ ।
सोल्टी होटलमा नेपालका लागि भियतनामका राजदूत नुयान थान हाइ, नेपालका लागि अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ र नेपाल–भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपककुमार मलहोत्रा लगायतको सहभागितामा छलफल भएको हो ।
लुम्बिनीमा भियतनामी पर्यटक ल्याउनेबारे सम्बन्धित निकायसँग समन्वय गरी मुलुकको पयर्टन क्षेत्रको विकासमा सहयोग पुर्याउन सहमति भएको संघले जनाएको छ ।
नेपालको कृषिक्षेत्रको विकासका लागि भियतनामसँग सहकार्य गरी त्यहाँका विशेषज्ञ तथा नयाँ कृषि प्रविधिको सहयोगलाई अझ सहज पार्न आवश्यक पहल गर्ने, कृषि उत्पादनमा वृद्धि गरी देशको खाद्य सुरक्षामा सकरात्मक सहयोग पु¥याउने तथा सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै आयात निर्यातलाई अझ सहज बनाउने बारे छलफल भएको संघको भनाइ छ ।
बैठकमा भियतनामको पहलमा नेपालमा फुट प्रोसेसिङ प्रोजेक्ट सञ्चालन गर्नेबारे छलफल भएको संघले जनाएको छ ।
आगामी अगस्ट २०२४ मा संस्थका प्रतिनिधिमण्डलले भियतनामको भ्रमण गर्ने कार्यक्रम रहेको र सो भ्रमणमा नेपाल–भियतनाम सिधा हवाइ पारवहन सञ्चालनका साथै अन्र्तराष्ट्रिय गनतव्य सहज पार्न भियतनाममा ट्रन्जिट फ्लाइट सुविधाका लागि र नयाँ लगानीको वातावरण सिर्जना गर्न पहल गर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4