+
+

काठमाडौंको सिप मेलामा धनगढीका मेयर हमाल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १७:२९

२६ वैशाख,काठमाडौं । कैलाली धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले काठमाडौं टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला २०८१’ अवलोकन गरेका छन् ।

मेलाअन्तर्गत सञ्चालन भइरहेका विभिन्न विधाका तालिम र यसका विषयबारे जानकारी लिन उपमहानगर प्रमुख हमाल काठमाडौं आएका हुन् । काठमाडौं महानगरपालिकाले गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम अन्तर्गत सिप मेला सञ्चालन गरिरहेको छ ।

२०८१ साल सुरुवातमा २ हजार ८१ जनालाई सिपमूलक तालिम दिएर रोजगार, स्वरोजगार वा ‘अन द जब ट्रेनिङ’ सँग जोड्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो ।अवलोकनपछि हमालले निराश युवालाई आशा दिलाएको बताए । तालिम पाएका जनशक्तिलाई रोजगार दिने कुरा महत्वपूर्ण रहेको उनले बताए ।

उनले मेलाबाट आफू प्रोत्साहित भएको भन्दै आफ्नो नगरको रोजगार संयोजकलाई काठमाडौं आएर सात दिन सिप मेलामा बस्न र तालिम सञ्चालन सिप सिक्न बोलाएका छन् । उनले सिप सिकेपछि धनगढीमा यस्तै मेला आयोजना गर्ने बताए । मेलाअन्तर्गत १० विधामा ३० पेसासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?