
काठमाडौं । एनआईसी एसिया बैंकले भाका नाघेका ऋणीलाई जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याजमा समेत छुट दिने योजना सार्वजनिक गरेको छ ।
२०८० चैत मसान्तमा भाका नाघेका ऋणीहरूले यस योजनाबाट फाइदा लिन सम्पूर्ण कर्जा रकम २०८१ जेठभित्रमा चुक्ता गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
देशको आर्थिक शिथिलताका कारण ऋणीहरुमा परेको असरलाई ध्यानमा राखेर यस्तो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
क्र.सं. | भाका नाघेको समयावधि | साधारण ब्याज रकममा छुट -प्रतिशत_ |
१ | ९१ दिनदेखि १८० दिन | १५ प्रतिशत |
२ | १८१ दिनदेखि ३६५ दिन | २५ प्रतिशत |
३ | ३६५ दिनभन्दा बढी | ३५ प्रतिशत |
बैंकका अनुसार मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ऋणीहरूले यस योजनाबाट लाभ लिन सक्नेछन् ।
असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई सम्बोधन गर्न ऋणीका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4