
काठमाडौं । टिभी श्रृंखला ‘सक्किगो नि’को समूहले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम’को प्रदर्शन मिति तय भएको छ । छायांकन सुरु नहुँदै निर्माताले यो फिल्मलाई शिवरात्रिको अवसरमा फागुन १४ गते रिलिज गर्ने घोषणा गरेका हुन् ।
साथै, यो फिल्मको छायांकन पनि डेढ महिना पछि सरेको छ । यसअघि जेठ १५ गतेदेखि सुटिङ सुरु हुने भनिएपनि अब असार मध्यदेखि फ्लोरमा जाने तयारी रहेको बुझिएको छ ।
४५ दिनको छायांकन तालिका रहेको फिल्मको सुटिङ जाजरकोट र डोल्पा आसपास हुनेछ ।
कमेडी ड्रामामा सोही सिरियलका कलाकार दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोच’, महेश त्रिपाठी, रेणु योगी, प्रशान्त ताम्राकार लगायतले अभिनय गर्नेछन् ।
फिल्मलाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गर्ने चर्चा छ । यद्यपि, कास्ट एण्ड क्रूबारे अहिलेसम्म आधिकारिक रुपमा सार्वजनिक गरिएको छ । सुदीप बरालको डीओपी रहने यो फिल्मको छायांकन सुदूरपश्चिम डोल्पा, जाजरकोटमा हुनेछ ।
यो फिल्म जेपिटी क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको हो ।
प्रतिक्रिया 4