
काठमाडौं । प्राइम सीएले आफ्नो २०औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष नवराज बुर्लाकोटीले संस्थालाई सीए शिक्षा क्षेत्रमा नेपालकै अग्रणी संस्थाको रुपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।
अगामी दिनमा पनि संस्थालाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै समय सुहाँउदो शिक्षा प्रदान गर्न अनवरत लागि रहने उनले बताए ।
२० वर्षदेखि सीए कक्षा सञ्चालन गरी रहेको आईक्यान अन्तर्गत प्राइम सीएले १ हजारभन्दा बढी सीए जनशक्ति उत्पादन गर्न सफल भइसकेको प्राइम सीएले जनाएको छ ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्सी शिक्षा तथा चार्टर्ड एकाउन्टेन्सी पेसासँग सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारी, विभिन्न कलेजका प्राचार्य, स्कुल र कलेजका छाता संगठनका पदाधिकारी, स्रोत व्यक्ति, प्राइम सीएका पूर्व तथा वर्तमान विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4