+

बास्केटबल टोलीलाई इन्टरनेशनल फ्रेण्ड्स ग्रुपको सम्मान

२०८१ वैशाख  २९ गते १३:३३ २०८१ वैशाख २९ गते १३:३३
बास्केटबल टोलीलाई इन्टरनेशनल फ्रेण्ड्स ग्रुपको सम्मान

२९ बैशाख, काठमाडौं । चीनको युनान प्रान्तमा भएको थ्री अन थ्री बास्केटबल प्रतियोगिता स्वर्ण जितेको नेपाली थ्री अन थ्री बास्केटबल टोली सम्मानित भएको छ ।

इन्टरनेशनल फ्रेण्ड्स ग्रुपले शनिवार बिहान एक कार्यक्रमकाबीच नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।

ग्रुपका अध्यक्ष राजेश श्रेष्ठ र टिम लिडर सुमन रत्न शाक्यले नेपाली खेलाडी र प्रशिक्षकलाई सम्मान गरे । ग्रुपले खेलाडी र प्रशिक्षकलाई नगही १०-१० हजार प्रदान गरेको हो ।

बिजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीमा मनिष केसी, निकेश मगर र निश्चल महर्जन थिए भने प्रशिक्षकमा सुशिल गुरुङ थिए । मनिष प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेअर तथा सुशिल गुरुङ उत्कृष्ट प्रशिक्षक चयन भएका थिए ।

गत साता युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्ट्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा नेपालले गत वर्षको विजेता युना प्रान्तको टिमलाई २०-१९ ले हराएर ऐतिहासिक स्वर्ण जितेको थियो ।

इन्टरनेशनल फ्रेण्ड्स ग्रुपका अध्यक्ष राजेश श्रेष्टले थ्री अन थ्री मा सफलता हात पारेको टिमलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गरे । उक्त समूहमा रहेका विभिन्न क्षेत्रका व्यक्तिहरुले फुल कोर्ट बास्केटबलबारे जानकार रहेपनि थ्री अन थ्री बास्केटबल  बारे जान्न उत्सुक रहेको बताए ।

स्वर्ण विजेता नेपाली टिमका कप्तान बिजय बुर्जा र प्रशिक्षक सुशिल गुरुङले सम्मानले खेलाडीहरुको हौसला बढ्ने र आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।

यस्तै जुज वेयरले पनि खेलाडीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरेको छ । झम्सिलेखस्थित जुजु वेयरको कार्यलयमा प्रदिप शाक्यले खेलाडीहरुलाई गिफ्ट प्रदान गरेका थिए ।

थ्री अन थ्री बास्केटबल बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय