+

पीएसजी छाड्ने एमबाप्पेको घोषणा

२०८१ वैशाख  २९ गते १४:०७ २०८१ वैशाख २९ गते १४:०७
पीएसजी छाड्ने एमबाप्पेको घोषणा

२९ बैशाख, काठमाडौं । फ्रेन्च स्टार स्ट्राइकर केलिएन एमबाप्पेले यस सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् ।

२५ वर्षीय एमबाप्पेले आफ्नो सोसल मिडियामार्फत एक भिडियो सार्वजनिक गर्दै फ्रेन्च क्लब छाड्ने निर्णय सार्वजनिक गरेका हुन् ।

‘मैले सधैँ भन्ने गरेको छु कि म सयम आएपछि तपाईंहरुलाई भन्नेछु’, एमबाप्पेले भने, ‘पीएसजीमा मेरो यो अन्तिम वर्ष हो । म नवीकरण गर्ने छैन र मेरो यात्रा केही साताका समाप्त हुनेछ ।’

पीएसजीसँग एमबाप्पेको सम्झदता जुनमा सकिँदैछ । यसअघि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले फेब्रुअरीमै एमबाप्पेले रियल मड्रिडसँग सम्झौता गर्ने सहमति गरिसकेको खुलासा गरेको थियो ।

फ्रान्सबाट सन् २०१८ मा विश्वकप जितेका एमबाप्पेले पीएसजीका लागि कीर्तिमानी २५५ गोल गरेका छन् ।

उनले पीएसजीका लागि घरेलु मैदान पार्क डे प्रिन्समा आइतबार अन्तिम लिग खेल खेल्दैछन् ।

त्यसपछि पीएसजीले नाइस र मेट्जसँग अवे मैदानमा खेल्नेछ भने २५ मे मा फ्रेन्च कपको फाइनलमा लियोनसँग लिलस्थित स्टेड पिएरे माउरोएमा खेल्नेछ ।

पेरिसमा जन्मेका एमबाप्पेल सन् २०१७ मा १६५.७ मिलियन युरोमा पीएसजीमा अनुबन्ध भएका थिए । जहाँ उनलाई खेलाडी र व्यक्तिको रुपम विकास गर्न सहयोग पुगेको बताए ।

पीएसजी छाडेपछि एमबाप्पे अब स्पानिस जायन्ट रियल मड्रिड जाने तयारीमा छन् । उनले त्यहाँ ५ वर्षको सम्झौता गर्ने बीबीसीले उल्लेख गरेको छ । जहाँ उनले एक सिजनमा १५ मिलियन युरो कमाइ गर्नेछन् ।

केलिएन एमबाप्पे पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय