
काठमाडौं । लोकगायक अर्जुन सापकोटाले नयाँ गीत ‘बस्यौ अलक्कै’ ल्याएका छन् । गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन् । सन्तोष सापकोटाको शब्द रचना रहेको गीतमा अर्जुनकै संगीत र एचबीएन किस्मतको एरेन्ज छ ।
एकोहोरो प्रेमभाव प्रस्तुत गर्ने गीतको भिडियोमा अर्जुन र गरिमा शर्माले अभिनय गरेका छन् भने भिडियोको निर्देशक विशाल घिमिरे हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा कलर संयोजन छ ।
गायक अर्जुनले आफ्नै युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4