+
+

सौगात र बेनिशा अभिनित ‘सिटामोल’को जापान राइट बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १४:५५

काठमाडौं । राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’ प्रदर्शनको लागि तयार छ । निर्माताले रिलिज अगाडि नै धमाधम अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न थालेका छन् ।

यस्तोमा नेपाल र जापानमा सँगै रिलिज गर्ने सहमतिसँगै फिल्मको जापानको राइट बिक्री भएको छ । गरिमा फिल्म्सले जापान टेरिटोरीको लागि फिल्मको वितरण अधिकार खरिद गरेको प्रेषित विवरणमा उल्लेख छ ।

प्रदर्शन मिति घोषणा नहुँदै फिल्मको जापान राइट बिक्री भएपछि पोस्ट–प्रोडक्सनमा राम्रो काम गर्नुपर्ने चुनौती थपिएको उनले बताए । अन्य डायस्पोरा बजारमा समेत बिक्रीको लागि प्रयास भइरहेको निर्देशक सानेले बताए ।

अहिले सम्पादनको काम चलिरहेको छ । काठमाडौंमा केही प्रतिशत सुटिङ पनि बाँकी छ । फिल्ममा सौगात मल्ल र बेनिशा हमालको शीर्ष भूमिका छ । माओवादी सशस्त्र युद्धको कथावस्तुको सेटिङमा यी दुईले पतिपत्नीको भूमिका निर्वाह गरेका छन् ।

बेनिशाले यसअघि मीन भामको कालोपोथीमा माओवादी युद्धमा लागेको लडाकुको भूमिका निर्वाह गरेकी थिइन् । ‘झ्यानाकुटी’ यी दुई कलाकारको यो दोस्रो सहकार्य हो ।

‘सिटामोल’को कुरा गर्दा तुलसीदेवी फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल, बालकलाकारद्वय करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीले अभिनय गरेका छन् ।

पटकथा सानेकै छ । बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् । भूगोलकुमार कार्की निर्माता, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजयकुमार विक र कुमार केसी कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?