
३० वैशाख, काठमाडौं । काठमाण्डौ उत्तरी भेगको पुरानो सहर टोखास्थित श्री भगवती क्लबको आयोजना तथा बैङ्गलोरको किस्टार्ट–टोटेनहम एकेडेमीको सहकार्यमा आयोजित रोड टु टोटेनहम कार्यक्रम अन्तरगतको ईलाईट टिम ट्रायल सम्पन्न भएको छ ।
नेपालमा रहेका फुटबल खेलाडीहरुको प्रतिभा पहिचान गर्दै टोटेनहम सम्मको यात्रा तय गराउने उद्धेश्यका साथ वैशाख २९ र ३० गते आयोजना भएको कार्यक्रममा नेपाल भरिबाट विभिन्न उमेर समूहका उत्साहित ३ हजार बढि खेलाडीहरुले सहभागिता जनाएको अखिल नेपाल फुटवल संघका सदस्य आयोजक श्री भगवती क्लबका पूर्व अध्यक्ष मनिष जोशीले जानकारी गराए ।
खेलाडीहरुको प्रतिभा पहिचान गरि किकस्टार्ट टोटनहम एकेडेमीमा ईलाइट छात्रबृत्तीको अवसर प्रदान गर्ने उद्धेश्यले एकेडेमीबाट प्रशिक्षक लक्ष्मण भट्टराईको नेतृत्वमा ४ सदस्यीय प्रशिक्षकहरुको टोली नेपाल आएको थियो ।
उक्त टोलीले पहिलो दिन च्यासल फुटबल मैदानमा विहान ७ बजे देखि बेलुका ७ बजे सम्म १२ घण्टा यु – ११, यु–१३, यु–१५ का र दोश्रो दिन एन्फा कम्प्लेक्समा विहान ७ बजे देखि अपरान्ह २ बजे सम्म यु–१७, यु–१९ र यु –२१ खेलाडीहरुलाई मैदानमा उतारेर छनोट गरेका थिए ।
यसमा छनोट हुन सफल खेलाडीहरुले ईलाईट छात्रबृत्तिका साथ विभिन्न बैदेशिक लिग प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । छनौटको अन्तिम नतिजा भोली सोमबार मात्र प्राप्त हुने आयोजकले जनाएका छन् ।
प्रशिक्षक लक्ष्मणले नेपालमा फुटबल खेलको विकासका लागि ग्रासरुटबाटनै काम गर्नु पर्ने बताए । उनले फुटबलमा उत्साहित यती धेरै खेलाडीहरु भएता पनि क्लबमा आवद्ध केहि खेलाडीहरु बाहेक अन्यलाई धेरै कुराको ज्ञान र जानकारी प्रदान गर्नु पर्ने बताए । खेलाडीहरु फुटबल प्रति उत्साहित भएको पाईयो तर उनिहरुमा उचित ज्ञानको अभाव रहेको पनि पाइयो ।
किकस्टार्टमा प्रशिक्षण लिएका केहि महिला खेलाडीहरुले राष्ट्रिय टोलीमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको एन्फा सदस्य मनिष जोशीले जानकारी गराए । राट्रिय टोलीका संयोजक समेत रहेका जोशीका अनुसार यस कार्यक्रमलाई निरन्तरता प्रदान गर्दै नेपाली खेलाडी तथा फुटबल टिमको स्तर बृद्धि गर्ने आफ्नो योजना रहेको बताए ।
भगवती क्लबको आफ्नै मैदान अभावका कारण एन्फाको सहयोगमा च्यासल र एन्फा कम्प्लेक्समा छनौट भएको थियो ।
प्रतिक्रिया 4