+
+

टिभी कमेडी शो ‘कमेडी दरबार’ असार १४ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते २१:१७

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ असार १४ गतेदेखि प्रसारण हुने भएको छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्ने यो शोको टिजर आइतबार आयोजित समारोहमा सार्वजनिक गरियो ।

टिजरमा शोका कलाकारको लुक्स देखाइएको छ । फिल्म निर्देशक तथा अभिनेतृ दीपाश्री निरौला, ‘कमेडी च्याम्पियन’ निर्देशक विशाल भण्डारी लगायतले शुभकामना दिए

कमेडीको दुनियाँमा नयाँ शो थपिदा आफूलाई खुसी लागेको दीपाश्रीले बताइन् । बजारमा फरक सोचसहित शो आउनुपर्ने उनको धारणा छ । यो शो प्राइभ टिभीमा हरेक साता शुक्रबार ९ बजे र ओएसआर डिजिटल युट्युव च्यानलमा स्ट्रिमिङ हुनेछ ।

यसपटक बिक्कीले शोको निर्देशन मात्र गर्ने र आफू नदेखिने जानकारी गराए । उनले भने, ‘म खासमा शोमा देखिने खालको मान्छे होइन, मलाई पर्दा पछाडी नै बसेर काम गर्न अझ मज्जा आउँछ । त्यसैले यो पटक म शोको निर्देशन मात्र गर्ने सोचमा छु ।’

‘कमेडी दरबार’का कलाकार मध्येकी एक गौरी मल्ल महारानीको भूमिकामा देखिदैछिन् । उनले कमेडीको क्षेत्रमा नयाँ सोच भएका युवासँग काम गर्न पाउँदा खुसी लागेको र दर्शकले फरक स्वाद पाउने बताइन् ।

उनीसँगै अभिनेता विजय बराल, अभिनेतृ नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकीसँगै कमेडियन हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले आफ्नो भूमिका बारे जानकारी गराएका थिए ।

शोको आर्टिष्ट म्यानेजमेन्ट तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं छन् । शोको क्रिएटिभ प्रमुखमा बिकास अर्याल छन् भने प्रोडक्सनमा आयुष लुइँटेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?