+
+

पाँच किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ७:५२

३१ वैशाख, काठमाडौं । करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् ।

विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो । सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट उनीहरु सोमबार बेलुका पौने ७ बजे काठमाडौंमा ओर्लिएका थिए । भन्सार चेकिङबाट स्वागतद्वार नजिक शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको एआईजी थापाले जानकारी दिए ।

सोमबार राति उनीहरुलाई गौशाला प्रहरी कार्यालयमा राखिएको थियो । मंगलबार विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइने एआईजी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?