+

नविता र इभानाको विजयी सुरुवात

२०८१ वैशाख  ३१ गते ११:४१ २०८१ वैशाख ३१ गते ११:४१
नविता र इभानाको विजयी सुरुवात

३१ वैशाख, काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत टेबलटेनिसको दक्षिण एसियाली छनोटको महिला एकल समूह चरणमा नेपाली खेलाडी नविता श्रेष्ठ र इभाना थापा मगरले विजयी सुरूवात गरेका छन् ।

लैनचोरस्थित नेशनल ट्रेनिङ सेन्टरमा ग्रुप थ्रि मा रहेकी नविताले  पाकिस्तानकी पर्निया खान ४-१ ले हराइन् ।

यस्तै ग्रुप टू मा इभानाले श्रीलंकाकी इशारा मदुरांगीलाई ४-१ ले  पराजित गरिन् ।

अब पुरुष एकलमा संयोग कपालीले माल्दिभ्सका अहमद मुसा र श्यान्टु श्रेष्ठले माल्दिभ्सकै अहमद अख्यारसँग खेल्नेछन् ।

 

टेबल टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय