
३१ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
शीर्ष दलहरूबीच बैठक सञ्चालनका विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन । बैठक सञ्चालन र नीति तथा कार्यक्रमको तयारीबारे सोमबार सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4