
३१ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको फैसलालाई मान्ने बताएका छन् । सरकार गठनको प्रक्रिया विरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
‘यो अदालतमा विचारधीन विषय बनेको छ। सम्मानित अदालतले गरेको आदेश र फैसला मान्नुपर्छ। संविधान वादमा विश्वास राख्ने भएकाले संबैधानिक ब्यवस्था र विधिशास्त्र अनुरुप हामीले चल्नुपर्छ’, सोमबार प्रदेशसभामा विश्वासको मत माग्दै कार्कीले भने ।
मुख्यमन्त्री कार्कीले संविधान, कानुन र संसदीय परम्परा, अभ्यासलाई इन्कार गर्न नसकिने बताए । ‘यसलाई इन्कार गर्नु भनेको नेपाली जनताले ७ दशकको अथक संघर्ष बाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लाई मान्दिन, जान्दिन, चिन्दिन भन्नु हो’, उनले भने ।
कांग्रेसले मुद्दाको किनारा नलागेसम्म विश्वासको मतको प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । तर एमाले र माओवादी केन्द्रले मानेनन् ।
सभामुखले निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु गरे । कांग्रेसले ९ जेठमा सर्वोच्च अदालतमा मुद्दाको पेसि भएकाले सो दिनपछि विश्वासको मत लिन आग्रह गरेको थियो । तर सत्तापक्षले मानेन ।
विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सवोच्चमा रहेको मुद्दाको फैसलालाई मान्ने बताए । संसदीय मूल्य मान्यता अनुसार अघि बढ्ने बताउदै उनले विश्वासको मत दिन आग्रह गरे ।
प्रतिक्रिया 4