+
+

मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्नुभयो : जवेगु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १४:२५

३१ वैशाख, विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन हतार गरेको बताएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत मागेपछि नेकपा एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगुले विश्वासको मत लिन हतार गरेको बताएका हुन् ।

यद्यपि मुख्यमन्त्रीलाई विश्वासको मत भने दिने बताए । अदालतमा सरकार गठन सम्बन्धि मुद्दा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गरेको देखिएको बताए ।

अहिले सत्तागठबन्धनमा रहेपनि सरकारमा नरहेको बताउदै उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?