+
+

सेवाग्राहीमाथि हातपात आरोपमा ललितपुर कवाडी कर ठेकेदारसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १४:३५

३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा कवाडी कर उठाउने जिम्मा पाएको ठेकेदार कम्पनीका सञ्चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीमाथि हातपात गरेको आरोपमा इन्द्रेणी हार्डवेयर एन्ड सेनेटरी वेयर प्रालिका सञ्चालक रोशन चौधरीसहित ठेकेदार कम्पनीका कर्मचारीहरू गुमान विक्रम खत्री, प्रकाश बस्नते र श्याम ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कवाडी करको विषयमा विवाद हुँदा ठेकेदार कम्पनीका सञ्चालक चौधरीसहितका कर्मचारीले आफूहरूमाथि हातपात गरेको आरोप चुनढुंगा सप्लायर्सका कर्मचारीको छ ।

विवाद के थियो ?

गोदावरी नगरपालिकामा कर तिरेसकेकोले फेरि ललितपुर महागरपालिकामा किन कर तिर्ने भन्दै सप्लार्यका कर्मचारीले ठेकेदार कम्पनीका कर्मचारीसँग प्रश्न गरेका थिए ।

सोही विषयमा विवाद हुँदा आफूहरूमाथि ठेकेदार कम्पनीका सञ्चालकसहितका कर्मचारीले हातपात गरेको उनीहरूको आरोप छ ।

ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गोदावरी नगरपालिकामा कर तिरेर आइसकेको हुँदा ललितपुर महानगरमा फेरि किन तिर्ने भनेपछि सप्लायर्स र ठेकेदार कम्पनीका कर्मचारी बीच विवाद भएको भन्ने बुझिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

ललितपुर महानगरसँग गत महिनादेखि इन्द्रेणी हार्डवेयर एन्ड सेनेटेरी वेयर प्रालिले १० करोड १८ लाखमा कवाडी कर उठाउने ठेक्का लिएको थियो । सम्झौतासँगै ठेकेदार कम्पनीले ललितपुर छिर्ने विभिन्न स्थानका नाकामा ढाट राखेर पैसा उठाइरहेको छ ।

महानगरले १८ वटा विभिन्न कवाडीजन्य सामान, जडीबुटी, हाडखोर लगायतका वस्तुहरूमा कर उठाउन ठेक्का दिएको हो ।

कवाडी कर संकलनको क्रममा ठेकेदार कम्पनीले गुन्डागर्दी शैली अपनाएको भन्दै सरोकारवालाले चर्को विरोध जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?