+
+

सदनको गतिरोध अन्त्य गर्न आज सघन छलफल हुन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १५:१३

३१ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि आज दलहरूबीच सघन छलफल हुने बताएका छन् ।

पूर्वी चितवनका कार्यकर्तासँगको भेटमा सोमबार प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिक रूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताएका हुन् ।

‘सदनको गतिरोध अन्त्य भइसकेको छैन । आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ । त्यसैले दलहरूबीच सघन छलफल हुन्छ,’ प्रधानमन्त्रीले भने ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आइरहेको छ । भोलि, मंगलबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

तर दलहरूबीच अहिलेसम्म सदन चलाउने विषयमा सहमति भएको छैन ।

प्रधानमन्त्रीले सत्ता समीकरणमा कुनै समस्या नरहेको पनि बताएका छन् । उनले भने, ‘सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौं ।’

उनले नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरी जनताका आकांक्षालाई सम्बोधन गरिने बताए । ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ । यसले रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास लिएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?