
३१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि तेस्रो पटक प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
प्रदेश सभा सचिवालयले विश्वासको मत लिने प्रयोजनका लागि ३ जेठ बिहान १०ः१५ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको हो ।
प्रदेश सभा सचिवालयले यसअघि २१ वैशाखमा पहिलो र २२ वैशाखमा दोस्रो पटक विश्वासको मत लिन बैठक बोलाएको थियो । तर सत्तारुढ दलको प्रमुख घटक नेकपा एमालेले मुख्यमन्त्रीले हतार गरेका कारण तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक नबसेरै स्थगित भएको थियो ।
एमालेले सोडारीलाई विश्वासको मत दिने विषयमा अहिलेसम्म पनि कुनै निर्णय लिएको छैन ।
एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4