+

टी-२० विश्वकप खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

२०८१ वैशाख  ३१ गते १९:०५ २०८१ वैशाख ३१ गते १९:०५
टी-२० विश्वकप खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

३१ वैशाख, काठमाडौं । नेपालकै समूहमा रहेको नेदरल्यान्ड्सले अर्को महिनादेखि अमेरिका र वेष्टइण्डिजमा सुरू हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । स्कट एडवार्ड्सको कप्तानीमा घोषणा टोलीमा डच टोलीका प्रमुख खेलाडी फर्किएका छन् ।

गत मार्चमा नेपालमा त्रिकोणात्मक टी-२० आई सिरिजमा सानदार प्रदर्शन गर्दै २४७ रन बनाएका माइकल लेभिट पहिलो पटक विश्वकप टोलीमा अटाएका छन् । उनले उक्त सिरजमा नामिवियाविरुद्ध १३५ रनको शतकीय इनिङ तथा नेपालविरुद्ध ५४–५४ रन बनाएका थिए ।

दुई स्टार अलराउण्डर बास डि लिडे र लोगन भान बिक पनि टोलीमा छन् । अनुभवी स्पिन अलराउण्डर रोलेफ भान मर्वे भने टोलीमा छैनन् ।

अर्का स्पिनर टिम पिंगल नेदरल्यान्ड्सको टोलीबाट खेल्न बाँकी ड्यानिल डोरम पनि टोलीमा छन् । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेदरल्यान्ड्सले ४ जुनमा ग्राण्ड पेरी स्टेडियममा नेपालसँग खेल्दै सुरुवात गर्नेछ ।

नेदरल्यान्ड्सको टोली :

स्कट एडवार्ड्स (कप्तान), आर्यन दत्त, बास डि लिडे, ड्यानिल डोरम, फर्द क्लासेन, लोगन भान बिक, म्याक्स ओडउड, माइकल लेभिट, पल भान मिर्केन, साइब्राण्ड एंगेलब्रेक्ट, तेजा निडामानिरु, टिम प्रिंगल, विक्रमजित सिंह, भिभियन किंग्मा र वेस्ली ब्यारेसी ।

टी-२० विश्वकप नेदरल्यान्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय