+
+

प्रदीप पौडेलको प्रस्ताव : रिङरोडको तेस्रो खण्ड नेपालको लगानीमा बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १९:१४

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड तेस्रो खण्ड (वसुन्धरादेखि धोबिखोला)सम्मको सडक विस्तार गर्ने परियोजनालाई नेपालको लगानीमा बनाउने प्रस्ताव गरेका छन् ।

सोमबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर उनले यस्तो प्रस्ताव गरेका हुन् । यसका लागि परियोजनालाई आगामी बजेटमा समावेश गर्न पनि उनले माग गरेका छन् ।

रिङरोड विस्तारको दोस्रो खण्ड (कलंकीदेखि वसुन्धरा) सम्मको काम नेपालले गरिरहेको र चिनियाँ पक्षबाट हालसम्म पनि कामको प्रक्रिया सुरु नभएकोले निर्माण अनिश्चित बनेको पौडेलले बताए ।

धुलाम्मे र साँघुरो सडकका कारण सर्वसाधारणले सास्ती खेपिरहेकाले रिङरोडको तेस्रो खण्ड निर्माणका लागि अनिश्चितकालसम्म पर्खन नसकिने पौडेलको भनाइ छ ।

चीन पक्षबाट दोस्रो खण्डकै काम हालसम्म पनि सुरु नगरेकोले आगामी आवको बजेटमा तेस्रो खण्ड विस्तारका लागि बजेट छुट्याउन उनले माग गरेका छन् ।

पौडेलले आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू आगामी बजेटमा समेट्नसमेत अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?