+
+

वडा सदस्यबाट प्रधानाध्यापक कुटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १०:२४

१ जेठ, लमही । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् । उनको आँखा, टाउको र हातमा चोट लागेको छ ।

वडानम्बर ७ का अध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक खत्रीले बताए ।

प्रधानाध्यापक खत्रीले भने, ‘विद्यालयको विषयमा छलफल भइरहेको थियो । वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो र स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क उठाएको भनेर प्रश्न गर्नुभयो । विद्यार्थीबाट शुल्क नउठाए विद्यालय कसरी सन्चालन गर्ने भन्नेबित्तिकै ममाथि कुटपिट भयो ।’ उनले सदरमुकाम घोराही गएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको बताए ।

वडा सदस्य बस्नेतले पनि प्रधानाध्यापकमाथि कुटपिट गरेको स्वीकार गरेका छन् । प्रधानाध्याक खत्रीले मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए । ‘गाउँपालिकाले निःशुल्क शिक्षा लागु गरेको छ तर उहाँले विद्यार्थीसँग किन शुल्क उठाउने ? मेरो प्रश्न यहाँनिर हो ।’

घटनाका प्रत्यक्षदर्शी राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले प्रधानाध्यापकमाथि वडा सदस्य बस्नेतले कुटपिट गरेर गलत गरेको बताए । ‘जनताको प्रतिनिधि भएर प्रधानाध्यापक माथि कुटपिट गर्नु उहाँको नैतिकताले दिँदैन । चित्त नबुझे गाउँपालिका छ, शिक्षा समिति छ, तर शिक्षकमाथि हातपात गरेर गलत गर्नुभएको छ,’ उनले भने । प्रधानाध्यापकमाथि कुटपिट गरेका बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?