
१ जेठ, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा उत्तम सिल्वाल र प्रमुख समाचारदातामा एकराज पाठकले जिम्मेवारी पाइका छन् ।
पाठक यसअघि प्रधानसम्पादक र सिल्वाल प्रमुख समाचारदाताको जिम्मेवारीमा थिए ।
रासस व्यवस्थापनले आज मंगलबारदेखि लागू हुने गरी उनीहरूको जिम्मेवारी हेरफेर गरेको जनाइएको छ ।
उनीहरुले आजै राससका समाचार महाशाखा प्रमुख एवं नायबमहाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समितिका सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारीसमेतको उपस्थितिमा आ–आफ्नो जिम्मेवारी एकार्कालाई हस्तान्तरण गरे ।
राससको दसौं तहमा कार्यरत सिल्वाल र पाठक दुवै विसं २०५६ साल फागुन १९ गते रासस सेवामा प्रवेश गरेका थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4