+
+

आगामी आवमा कन्ट्री रेटिङ गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १५:३३

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कन्ट्री रेटिङ गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा सार्वजनिक गरेका हुन् ।

भर्खरै सम्पन्न भएको लगानी सम्मेलन अघि सरकारले कन्ट्री रेटिङ गर्ने जनाएको थियो । तर समयमा हुन सकेन ।

करिब ४ वर्षदेखि कन्ट्री रेटिङको काम भइरहेको बताइए पनि हालसम्म सम्पन्न भएको छैन ।

विदेशी लगानीकर्ताहरूले कुनै मुलुकमा लगानी गर्नुअघि त्यो देशको लगानीको वातावरण, कानुनी अवस्था लगायतबारे जानकारी पाउन कन्ट्री रेटिङ अध्ययन गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?