+
+

मध्यपहाडी लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १६:४८
फाइल तस्वीर

१ जेठ, काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

समृद्धि करिडोरमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने घोषणा सरकारले गरेको हो ।

जसका माध्यमबाट उत्पादन, उपादकत्व, उत्पादनशीलता रोजगारी सिर्जना गर्ने उल्लेख छ ।

यस्तै कोशी, गण्डकी र कर्णाली करिडोरका अधिकांश खण्डमा १२ महिना यातायात सञ्चालन हुने गरी निमार्णलाई तीव्रता दिने घोषणा सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?