+
+

नीति तथा कार्यक्रमले क्रमिक सुधारको बीउ रोप्यो : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १९:२५

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी आएको बताएका छन् ।

मंगलबार सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले क्रमिक सुधार गर्ने गरी आएको बताएका हुन् ।

‘दर्जनौं क्रमिक सुधारका बीउ यसपटक रोपिएको छ । बजेटसँग लिंकेज हुने सम्भावना ह्वात्तै बढ्यो,’ उनले भने,‘बजेट आइसकेपछि कार्यान्वयनमा जाने पनि सम्भावना ह्वात्तै बढेको छ ।’

पहिले ठूला कुरा गर्ने तर त्यसअनुसारको बजेट नआउँदा तादाम्यता नमिलेको उनले बताए । १५ जेठमा आउने बजेटबाट नीति तथा कार्यक्रम कार्यान्वयन हुने ढोका खोल्ने उनले बताए ।

नीति तथा कार्यक्रमले सुधारको जग बसालेको र यसमा टेकेर बजेट आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?