
२ जेठ, विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए ।
नेपाल-भारत सीमा क्षेत्र नजिकै केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी पाएपछि प्रहरी पुगेको थियो ।
भ्यानको ढालामा गाँजालाई माथिबाट केराले छोपिएको थियो । प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।
चालक राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4