+
+

‘रावायण’को फाइट सिन खिच्दा पल शाह घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १४:४०

काठमाडौं । फिल्म ‘रावायण’को छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् । एक्सन दृश्य सुटिङ गर्दा उनको हातमा गम्भीर चोट लागेको हो । सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।

भिडियोमा स्थानीय स्वास्थ्य केन्द्रमा उनको हातको उपचार भइरहेको देख्न सकिन्छ । स्वास्थ्यकर्मीले उनको हातमा टाँका लगाइरहेको देख्न सकिन्छ । ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ उनले लेखेका छन् ।

 

यतिबेला सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा यो फिल्मको एक्सन दृश्यको छायांकन भइरहेको छ । फिल्ममा पल शाह र पूजा शर्मा शीर्ष भूमिकामा छन् । सुदर्शन थापाले फिल्मको निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?