+
+

ओलीले नभ्याउने भएपछि सर्‍यो रुपन्देही एमालेको अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते ९:३२

३ जेठ, बुटवल । नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । जेठ १६ र १७ गते तय भएको अधिवेशन उद्घाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउन नभ्याउने भएकाले जेठ २३ र २४ गतेका लागि सारिएको हो ।

अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनोटको समय पनि सर्ने जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए । एमाले रुपन्देहीको नेतृत्वका लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले दाबेदारी पेश गरेका छन् ।

सचिवमा बाबुराम पन्थी र युवराज घिमिरेले तयारी गरेका छन् भने उपसचिवका लागि धेरै जनाले आकांक्षा राखेका छन् ।

एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा,पुर्व मुख्यमन्त्री लिला गिरीसहितका शीर्ष नेताहरुको गृहजिल्ला भएकाले पनि रुपन्देहीको जिल्ला अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?