+
+

एउटै चार्टर उडानबाट आए १८० भियतनामी बुद्धिस्ट पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १२:५१

३ जेठ, काठमाडौं । भियतनामबाट एक साथ १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

रुप्से होलिडेजका अनुसार उनीहरू चार्टर फ्लाइटमार्फत नेपाल भ्रमणमा आएका हुन् । यो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी एकैपटक नेपाल आएको पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

१८० तीर्थालु भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइट मार्फत सोझै काठमाडौं आएका हुन् ।

सो चार्टरमा रुस, युरोप, अमेरिका लगायत गन्तव्यबाट पनि पर्यटकहरू काठमाडौं आएका छन् ।

भियतनामी पर्यटकहरू ७ रात र ८ दिनको यात्रामा काठमाडौं ओर्लिएको कम्पनीले जनाएको छ । उनीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्ने कार्यक्रम छ । साथमा हलेसी दर्शनमा समेत जाने छन् ।

पूर्णरूपमा धार्मिक पर्यटकको रूपमा आएका यी भियतनामी नागरिकले ध्यान र बौद्ध शिक्षाका लागि काठमाडौंमा रहेका विभिन्न चैत्य तथा गुम्बामा ६ दिन र हलेसीमा १ रात बिताउने कार्यक्रम छ ।

ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गराउने तयारी छ । उनीहरू नेपालका पाँच तारे होटलहरूमा बसेको भन्दै कम्पनीले यो भ्रमणबाट नेपालमा लक्जरी यात्रा रुचाउने यात्रु भित्र्याउन सम्भव देखिएको समेत उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?