+
+

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १४:०३

३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति बनाउने उनको आश्वासन छ ।

सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् बैठक छ ।

तर समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेस अडानमा छ । प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ ।’

सत्तारुढ प्रमुख घटक नेकपा एमाले भने अहिलेसम्म समिति गठनको विपक्षमा देखिएकाले के गर्ने भन्ने छलफलमा कांग्रेस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?