+
+

संसद् अवरोधबारे कांग्रेस नेताहरू छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १४:५९

३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नेपाली कांग्रेसका नेताहरू छलफलमा जुटेका छन् ।

यतिबेला कांग्रेस संसदीय दलको कार्यालयमा महामन्त्री गगन थापा, प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखक, कृष्णप्रसाद सिटौला, रामहरि खतिवडालगायत नेताहरू छलफलमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजमात्रै गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेससँग आग्रह गरेका छन् । गृहमन्त्रीलाई बोल्न दिए संसदीय छानबिन समिति गठन गर्ने उनले आश्वासन दिएका छन् ।

कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संघीय संसद्का दुवै बैठक अवरोध गर्दै आइरहेको छ ।

आज ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दलहरूबीच सहमति नभएपछि ४ बजेसम्मको लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?