
४ जेठ, काठमाडौं । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।
संसद भवन नयाँ वानेश्वरमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा बैठक सुरू भएको हो ।
बैठकमा सदन खुलाउनेबारे छलफल हुनेछ ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।
यसमा सत्तारुढ दलहरु सहमत नहुँदा राष्ट्रिय सभाको बैठक समेत प्रभावित हुँदै आएको छ । प्रतिनिधि सभामा उठिरहेको विषय राष्ट्रिय सभामा प्रवेश गराएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4