+
+

सुदूरपश्चिम प्रदेशमा चारदिने नमूना युवा संसद

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १४:००

५ जेठ, धनगढी । विकास विष्टलाई एक वर्षका लागि नमूना मुख्यमन्त्री निर्वाचित गर्दै सुदूरपश्चिम प्रदेश नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषदको सशर्त अनुदानमा सुदूरपश्चिम प्रदेश युवा परिषदद्वारा सञ्चालित कार्यक्रम शनिबार समापन भएको हो ।

समापन समारोहमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई मुलुकको शासकीय प्रणाली, संसदीय आचरण, संवैधानिक अन्तर्वस्तु, कानुन निर्माण प्रक्रिया लगायतका विषयमा जीवन्त अभ्यास गराउँदै नेतृत्व विकास गर्न नमूना युवा संसद आयोजना गरिएको बताए ।

बस्नेतले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी बनाउनुपर्ने बताए । बस्नेतले आगामी दिनमा युवामैत्री मात्र नभएर युवायुक्त शासन हुनुपर्ने वताए ।

सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा भएका नमूना नगर/गाउँ सभाबाट छानिएर आएर सहभागी बीच प्रदेशस्तरीय नमूना संसद सञ्चालन भएको सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले गत बुधबार उदघाटन गरेको र प्रकाश उपाध्याय मूल प्रशिक्षक रहेको नमूना संसदमा अमृता विश्वकर्माले प्रदेश प्रमुख, सुष्मा खड्काले सभामुख र दीपक विकले विपक्षी दलको भूमिका निर्वाह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?