+
+

कांग्रेसका प्रतिनिधि नआउँदा कार्यव्यवस्थाको बैठक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १०:३०

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ ।

संसद बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले आज बिहान १० बजे कार्यव्यस्थाको बैठक बोलाएका थिए । तर कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु बैठकमा नआएपछि कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान सवा १० बजेदेखि जारी छ ।

आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए संसद अवरोध गर्ने चेतावनी दिएको छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?