+
+

कांग्रेसले भन्यो– गृहमन्त्री हिंस्रक रुपमा प्रस्तुत भए, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते ११:०४
कांग्रेस प्रमुख सचेतक रमेश लेखक

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने हिजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको भन्दै लेखेकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न मागसमेत गरेको छ ।

आज बिहान कांग्रेस संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले हिजोको संसद बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको बताए । त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री गगन थापाले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा रकम हिनामिना गरेको, कृषि अनुदानको रकम दुरुपयोग गरेको जस्ता विषय उठाउँदै अरुको पनि छानबिन हुने भए आफू पनि छानबिनका लागि तयार भएको बताएका थिए । कांग्रेस नेताहरुप्रति लक्षित गर्दै उनले दुई–तीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि संसदबाट हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय पनि गरेको प्रमुख सचेतक लेखकले बताए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा लेखकले सहज ढंगले विश्वासको मत लिने भए संसदीय छानबिन समिति बनाएर आउन अनुरोध गरे ।  प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?