
काठमाडौं । भारतमा सोमबार लोकसभा चुनावको पाँचौं चरणको मतदान चलिरहेको छ । ६ राज्य र दुई युनियन टेरिटोरीका ४९ सिटमा चुनाव भइरहेको हो । सोमबारको मतदानमा चर्चित बलिउड सेलिब्रेटी पनि सहभागी छन् ।
मुम्बईका मतदान केन्द्रमा बलिउड सेलिब्रेटीले भाग लिंदै मतदानका लागि आह्वान गरिरहेका छन् । अक्षय कुमार, धर्मेन्द्र, हेमा मालिनी, अनिल कपुर, रणवीर सिंह, वरुण धवन, जान्ह्वी कपुर, सान्या मल्होत्रा, जोन अब्राहम, फरहान अख्तर, रणदीप हुडा, शाहिद कपुरले बिहानै मतदान गरेका छन् ।
आइतबार शाहरुख, सलमान र आमिर खानले पनि मतदातालाई मतदानमा भाग लिन आह्वान गरेका थिए । सन् २०२३ मा पुन: भारतीय नागरिकता लिएका अभिनेता अक्षयले पहिलोपटक लोकसभा चुनावमा सहभागिता जनाएको जनाइएको छ ।
तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4