+
+

विपक्षी दलले सडक र सदनबाट संसदीय समिति गठनको माग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १४:०५

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् ।

सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो ।

बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । उनले भने, ‘आजको प्रतिनिधि सभामा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो । उहाँले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने बैठकले निष्कर्ष निकालेको छ ।’

बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?