
७ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम ‘सर्टलिस्ट’ भएको छ ।
सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले आवेदन दिएकामध्ये सर्टलिस्टमा पाँचको नाम छनोट गरी व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको हो ।
सीईओका लागि नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर कार्की, राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ देवेन्द्ररमण खनालसहित प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् । ९ जेठमा बैंक केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।
सीईओका लागि २० जनाले आवेदन दिएकोमा पाँचको नाम सर्टलिस्टमा परेको हो । बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4