+
+

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले निकाल्यो मसाल जुलुस

आर्यन धिमाल आर्यन धिमाल
२०८१ जेठ ७ गते १९:३१

७ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तरूण दलले मसाल जुलुस निकालेको छ ।

सोमबार काठमाडौंको बत्तीसपुतलीदेखि गौशालासम्‍म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरूण दल काठमाडौंले मसाल जुलुस निकालेको हो ।

साथै सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको तरूण दल काठमाडौंका सचिव दिनेश विक्रम शाहले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘गृहमन्त्री ज्‍यूको सहकारीमा ठगी गर्नु भएको कागजात नै सार्वजनिक भइसकेपछि पनि कारबाही नगर्नुले सरकार सहकारी ठगहरूको संरक्षण गरिरहेको अनुभूति भइरहेको छ। सहकारी ठगलाई सरकारले नै जोगाएर राखेको छ । त्यसकारण गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ, नभए काठमाडौंको विभिन्‍न ठाउँमा आन्दोलन हुन्छ। ‘

उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर,  रवि लामिछाने होइन ठगी लामिछाने,  सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्‍ने ?, गजब छ बा !,  बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग’ लगायतका नारा लगाएका थिए ।

गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे जवाफ दिंदै आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?