+
+

‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा पार गर्‍यो १० करोडको आँकडा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते ११:५६

काठमाडौं । केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । चौथो सप्ताहन्तसम्म कुल कलेक्सन ११ करोड हाराहारीमा रहेको उनले जानकारी दिइन् ।

यो कमाइसँगै ‘बोक्सीको घर’ २०८१ सालमा १० करोडको आँकडा पार गर्ने पहिलो नेपाली फिल्म बनेको छ । ‘तेस्रो सातासम्म हामी १० करोड जतिमा थियौं । फोर्थ विकेन्डमा ११ करोड हाराहारीमा पुगेका छौं,’ केकीले भनिन् ।

फिल्मले चारवटै सप्ताहन्तमा आकर्षक कमाइ गर्‍यो । केकीको शीर्ष भूमिका रहेको यो फिल्म उनले नै निर्माण गरेको पहिलो फिल्म समेत हो । यति मात्र होइन, एक करोड रुपैयाँभन्दा कम बजेटमा बनेको यो फिल्म सर्वाधिक नाफा गर्नेमध्येको फिल्म समेत बनेको छ ।

नेपाली समाजको बलियो मनोवैज्ञानिक ‘एसोसिएसन फ्याक्टर’ बोक्सी कुपथ्राबारे बनेको यो फिल्मलाई विशेषगरी महिला र पारिवारिक दर्शकले हेरेका थिए । नेपालमा सुपरहिट भएपछि विदेशमा समेत यसको माग बढेको थियो ।

बिहीबारदेखि ‘बोक्सीको घर’का लागि चुनौतीपूर्ण हुनसक्ने देखिन्छ । बिहीबार ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शन तयारीमा छन् भने शुक्रबारदेखि हलिउडको प्रतीक्षित ‘म्याड म्याक्स : फ्युरिओसा’ रिलिज हुँदैछ । हलले बुधबारसम्म मात्र ‘बोक्सीको घर’को शो सार्वजनिक गरेका छन् ।

‘बोक्सीको घर’को पाँचौं साता कस्तो हुनेछ भन्ने बुझ्न नयाँ रिलिज हुन लागेका फिल्मको पर्फमेन्स र शो संख्यालाई हेर्नुपर्ने हुन्छ । पाँचौं सप्ताहन्तमा बोक्सीको घरप्रति दर्शकीय रोजाइ कस्तो हुनेछ भन्ने बुझ्नु रोचक हुनेछ ।

सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’मा केकीसहित सुपला सापकोटाको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?