+
+

बाजुरामा एक महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १५:२३

८ जेठ, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई सोमबार विहान आफन्तले मृत अवस्थामा फेला पारेका थिए ।

यो घटना अनुसन्धानका लागि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी दिलिपकुमार गिरीका अनुसार धौलीको टाउको र अनुहारमा गम्भीर चोट देखिएको छ । उनी बस्ने गोठको ढोका नजिकै रगत पनि देखिएको छ ।

प्रारम्भिक अनुसन्धानमा कुटपीटबाट धौलीको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । उनले लगाएका गरगहना र नगद उनीसँगै भएकाले लुटपाट गर्ने उद्देश्यले हत्या भएको नदेखिएको डीएसपी गिरीले बाए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

पोस्टमार्टमपछि भजाइनल स्वाब  पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी छ ।

धौलीका श्रीमान नन्द बडुवालको २४ वर्ष पहिला नै मृत्यु भइसकेको छ । उनी छोरीसँग बस्दै आएकी थिइन् । शारीरिक अपांगता भएकी छोरी दुई दिनअघि गोठबाट गाउँ झरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?