+
+

कृषिमन्त्री साहको बैंकमा ३० हजार, अधिकांश सम्पत्ति श्रीमानको नाममा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १७:१५
फाइल तस्वीर

८ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार मन्त्री साहको तलब बाहेक अधिकांश सम्पत्ति श्रीमानको नाममा भएको देखिन्छ ।

मन्त्री साहको बाराको कलैया उपमहानगरपालिकामा पुर्ख्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा रहेको देखिन्छ ।

उनको श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा-५० कठ्ठा पुर्ख्यौली सम्पत्ति रहेको देखिन्छ । यसैगरी बजगाईंकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको देखिन्छ ।

मन्त्री साहको सुन १० तोला, चाँदी २५ तोला पुर्ख्यौली सम्पत्तिको रुपमा रहेको उल्लेख छ ।

बैंकमा उनको ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमानको खातामा हालेको १० हजार रुपैयाँ मात्रै रहेको विवरणमा उल्लेख छ । मन्त्री साहको सवारीसाधन तथा पशुपन्छी भने देखिँदैन ।

४ कठ्ठामा बनेको अढाइ तल्लाको घर अंशबन्डाबाट प्राप्त भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?