+
+

पक्राउ परेपछि सिरोहियाले भने : दुईवटा पासपोर्ट बोक्नेविरुद्ध पनि वारेन्ट जारी हुन्छ भन्नेमा विश्वस्त छु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १९:१३

८ जेठ, काठमाडौं । प्रहरीले पक्राउ गरेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालयले अधिनायकवाद देखाएको प्रतिक्रिया दिएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको कार्यकक्षमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ पूर्जी थमाएको थियो ।

कार्यालयबाट निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सिरोहियाले भने, ‘२०६३/६३ मा ज्यानको बाजी लगाएर ल्याएको गणतन्त्र हो, कसैको उजुरी पर्दैमा गिरफ्ती हुन्छ ? भनेर सोध्नुपर्छ । माननीय गृहमन्त्रीको दुई पासपोर्टमा उजुरी छ ।’

छानबिनको विषयमा आफूले पहिल्यैदेखि सहयोग गर्ने बताएको भन्दै उनले भने, ‘सरकारले हचुवामा अधिनायकवाद देखिएको छ, यो देशमा कानून छ भने दुई पासपोर्ट बोक्ने र सहकारी ठगलाई पनि कारबाही हुनुपर्छ । भोलि उहाँको नाममा वारेन्ट जारी हुन्छ भन्नेमा विश्वस्त छु ।’

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता एने, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले पछिल्लो समय निरन्तर उपप्रधान एवं गृहमन्त्री मुछिएको सहकारी ठगी र दोहोरो नागरिकताबारे समाचार प्रकाशन गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?