
९ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।
बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौंमा ११ जेठमा प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बैठकमा समझदारी भएको उनले जानकारी दिइन् ।
गृहमन्त्रीमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4