
१३ जेठ, बुटवल । नेकपा एमालेको पाल्पा जिल्ला अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत रुपमा चयन भएका छन् ।
१० औं जिल्ला अधिवेशनले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र मीना जिसीलाई चयन गरेको छ ।
अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर नेताहरुको छलफलपछि सहमतिमा नेतृत्व टुंगिएको हो ।
जिल्ला कमिटी सदस्यमा दलित ८ जना, जनजाति ८ जना, ४० बर्षमुनिका १६ जना चयन भएका छन् । यसैगरी महिलातर्फको खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जना चयन भएका छन् ।
पालिकातर्फ निस्दी, पूर्वखोला, माथागढी, बगनासकाली, रिब्दीकोट र रैनादेवीछहरा गाउँपालिकाबाट पाँच/पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकाबाट ३ जना, रम्भा गाउँपालिकाबाट ४ जना, रामपुर नगरपालिकाबाट ९ जना र तानसेन नगरपालिकाबाट १० जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।
प्रतिक्रिया 4