+
+

कुल विद्युत्‌मा नवीकरणीय ऊर्जाको हिस्सा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १६:५४

१३ जेठ, काठमाडौं । यो वर्ष कुल जडित विद्युत्‌मा नवीकरणीय ऊर्जाको हिस्सा घटेको छ ।

आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांकअनुसार ३०६० कुल जडित विद्युत्‌मध्ये २०८० फागुनसम्म नवीकरणीय ऊर्जाको हिस्सा ५.९ प्रतिशत रहेको छ । २०७९ को फागुनमा यस्तो हिस्सा ६.२ प्रतिशत थियो ।

कुल ऊर्जा खपतमा स्वच्छ ऊर्जा खपतको हिस्सा ११.७ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ११०८ किलावाट रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म ३८२.५ किलोवाट थप भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा सौर्य तथा वायु ऊर्जा ५७८ किलोवाट विद्युत् उत्पादन भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म २०५ किलोवाट उत्पादन थप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?